"शुद्ध हिज्जे, शुद्ध भाषा; सही अभिव्यक्ति, उज्ज्वल भविष्य ।"
भाषा केवल विचार आदान–प्रदानको माध्यम मात्र होइन, हाम्रो संस्कृति, सभ्यता र पहिचानको आधार पनि हो । नेपाली भाषाको शुद्ध प्रयोग, सही उच्चारण तथा शुद्ध हिज्जे लेख्ने बानीको विकास गराउने उद्देश्यले राजर्षि गुरुकुलमा अन्तरसदन नेपाली हिज्जे प्रतियोगिता–२०८३ सफलतापूर्वक सम्पन्न भयो ।
यस प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूमा नेपाली भाषाप्रति रुचि अभिवृद्धि गर्नु, शुद्ध हिज्जे लेख्ने तथा उच्चारण गर्ने सीपको विकास गर्नु, शब्दभण्डार विस्तार गर्नु, आत्मविश्वास बढाउनु र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नु थियो ।
प्रतियोगिता दुई चरणमा सञ्चालन गरिएको थियो। बिहानको समयमा पहिलो चरण तथा दिउँसोको समयमा दोस्रो चरण सम्पन्न भएको थियो । प्रतियोगिताभरि नानीबाबुहरूको उत्साह, जिज्ञासा र आत्मविश्वास निकै प्रेरणादायी देखिन्थ्यो । प्रत्येक शब्दसँग उनीहरूले देखाएको एकाग्रता, लगनशीलता र प्रतिस्पर्धात्मक भावना साँच्चिकै प्रशंसनीय थियो । सम्पूर्ण प्रतियोगिता अत्यन्त रोचक, उत्साहजनक र ज्ञानवर्द्धक रह्यो।
यस प्रतियोगिताले विद्यार्थीहरूलाई जित वा हारभन्दा पनि सही हिज्जे, शुद्ध उच्चारण, धैर्य, एकाग्रता, आत्मविश्वास र निरन्तर अभ्यासको महत्त्व बुझायो । प्रत्येक सहभागी विद्यार्थी आफ्नो प्रयास, लगन र साहसका कारण प्रशंसाका पात्र बने ।
यस सफल प्रतियोगिताका लागि सम्पूर्ण सहभागी विद्यार्थीहरू,दर्शक विद्यार्थीहरू , शिक्षक–शिक्षिकाहरू, निर्णायक मण्डल तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्णमा राजर्षि गुरुकुल परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ ।
"आज सिकिएको एउटा शुद्ध हिज्जेले भोलिको सक्षम लेखक, कुशल वक्ता र जिम्मेवार नागरिक निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।"
राजर्षि गुरुकुल
"शुद्ध भाषा, सशक्त अभिव्यक्ति र उत्कृष्ट संस्कारतर्फ निरन्तर अग्रसर ।"
परिणाम
अन्तरसदन उत्कृष्ट प्रदर्शन
विभिन्न कक्षा समूहमा सदनहरूले प्रस्तुत गरेको उत्कृष्ट प्रदर्शन।
५–६
कक्षा ५ र ६ · बिहानी चरण
🥇
प्रथम
सन हाउस
🥈
द्वितीय
ट्री हाउस
🥉
तृतीय
वाटर हाउस
🏅
सान्त्वना
रक हाउस
७–८
कक्षा ७ र ८ · दिउँसो चरण
🥇
प्रथम
सन हाउस
🥈
द्वितीय
रक हाउस
🥉
तृतीय
ट्री हाउस
🏅
सान्त्वना
वाटर हाउस
१–२
कक्षा १ र २ · बिहानी चरण
🥇
प्रथम
ट्री हाउस
🥈
द्वितीय
सन हाउस
🥉
तृतीय
रक हाउस
🏅
सान्त्वना
वाटर हाउस
३–४
कक्षा ३ र ४ · दिउँसो चरण
🥇
प्रथम
रक हाउस
🥈
द्वितीय
ट्री हाउस
🥉
तृतीय
वाटर हाउस
🏅
सान्त्वना
सन हाउस


0 Comments
Be the first to leave a comment.