- By Kamal Acharya
भक्तपुर सल्लाघारीमा अवस्थित राजर्षि गुरुकुलले २०८३ असार २९ भानुजयन्तीका अवसरमा भक्तपुर जिल्लाव्यापी कवितावाचन प्रतियोगिता सम्पन्न गरेको छ । नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको योगदानको स्मरण गर्दै उहाँप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा कक्षा १-५ सम्मका विद्यार्थीहरू समावेश थिए।यस अवसरमा भक्तपुर जिल्लाका विभिन्न विद्यालयबाट आएका प्रतिभाशाली विद्यार्थीहरूले आफ्ना उत्कृष्ट कविताहरू वाचन गर्दै सिर्जनशीलता र साहित्यप्रतिको लगाव प्रस्तुत गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, निर्णायक मण्डल, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिताले वातावरण उल्लासमय बनेको थियो। प्रतियोगीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति, भाषिक शुद्धता र भावपूर्ण अभिव्यक्तिले नेपाली साहित्यप्रतिको नयाँ पुस्ताको आकर्षण झल्काएको छ।कार्यक्रममा निर्णायकको भूमिकामा प्रखर कवयित्री भैरवी भूगोल,मुक्ता गौतम भट्टराई ,भवानी खतिवडा र डा.मुस्कान पोखरेलको समुपस्थिति थियो। उपस्थित निर्णायकहरूलाई बिर्के टोपी, खादा र व्याचबाट सम्मान गरिएको थियो।कार्यक्रममा कक्षा १,२,३लाई एक समूह र कक्षा ४र ५ लाई अर्को समूहमा राखिएको थियो।कक्षा १,२,३ बाट खोपरिङ इङ्लिसबाट वेल्सा गडौली पहिलो ,एभरेस्ट स्कुलबाट बोधिता मानन्धर दोस्रो,महेन्द्र विद्याश्रमबाट अभिनव प्रताप खड्काले तेस्रो स्थान हासिल गरेका छन।त्यसैगरी कक्षा ४ र ५ बाट महेन्द्र विद्याआश्रमकि निमा डोल्मा तामाङ पहिलो ,मेधा मा.वि कि समृद्धि झा दोस्रो र विङ्स एकेडेमीका छात्र रोचक भोलानले तेस्रो स्थान हासिल गरेका थिए।विभिन्न विद्यालयबाट आएका विजेता विद्यार्थीलाई नगद तथा प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।त्यस्तै सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
यस कार्यक्रमले विद्यार्थीहरूमा साहित्य सिर्जना, सार्वजनिक प्रस्तुति तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ

0 Comments
Be the first to leave a comment.