
भक्तपुर सल्लाघारीमा अवस्थित राजर्षि गुरुकुलले यही २०८१/१२/२६ गते एस इ इ २०८१ ब्याचका विद्यार्थीहरूलाई विभिन्न कार्यक्रमका साथ विधाइ सम्पन्न गरेको छ । कक्षा ९ का विद्यार्थीहरूद्वारा व्यवस्थापन गरिएको यस कार्यक्रममा नृत्य,गीत सङ्गीत जस्ता मनोरञ्जनात्मक क्रियाकलापहरू समावेश गरिएका थिए ।विद्यार्थीहरूलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गर्नुका साथै खादा पहिर्याइएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लियोन लु श्रेष्ठबाट छात्रछात्राहरूलाई पुरस्कार वितरण, बहुमूल्य शिक्षा हासिल गर्ने बारेको प्रेरणादायक मन्तव्य पनि समावेश गरिएको थियो। शिक्षक शिक्षिकाहरूले काव्य वाचन गरी विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि शुभकामना दिनुभएको थियो । यस कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक यात्रा तथा सम्पूर्ण गुरुकुल परिवारको योगदानलाई सम्मान गर्ने उद्देश्य राखेको थियो।